शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव

शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ आश्विन ३, बिहीबार ०९:१६
शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव

राजविराज : सप्तरीको बलान बिहुलममा गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा शिक्षाको महत्व र आवश्यकता ,विषयक वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव भने शिक्षा क्षेत्रमा सुधार ल्याउन शिक्षक र पालिका संगै अभिभावक महत्त्वपूर्ण भूमिका रहन्छ, अभिभावकले हाम्रो बालबालिका के गरि रहेछ ? जस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उहाँले भने शिक्षामा सुधार ल्याउन गाउँपालिकाले स्वयंसेवक शिक्षक परिचालन गरेको गरेको बताउँदै विद्यार्थी अनुपातमा दरबन्दी अभाव रहेको बताए ।

मधेश प्रज्ञा प्रतिष्ठानका संचालक समिति सदस्य दिनेश यादवले भने सामुदायिक विद्यार्थी अनुपातमा शिक्षक संख्या न्यून रहेकोले प्रदेश सरकार र स्थानीय सरकारले स्वयंसेवक शिक्षक परिचालन गर्नुपर्नेमा जोडदिनुभयो ।

बलान बिहुल गाउँपालिकाकाे समन्वय इन्टेलेक्चुअल फाउण्डेशन राजविराजकाे आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका चार वटा सामुदायिक विद्यालयका कक्षा ८ देखि कक्षा १० का छात्र–छात्राहरुले भाग लिएका थिए । बकतृत्वकला प्रतियोगितामा श्री राजेश्वरी मा.वि.माैवहाका छात्रा मोनिका कुमारी यादव प्रथम, श्री जनता मा.वि.रामनगर कोदरकट्टीका छात्र मिथिलेश कुमार यादव द्वितीय र श्री राजेश्वरी मा.वि.माैवहाका छात्र श्याम सुन्दर मण्डल तृतीय स्थानमा सफल भएका थिए ।

जम्मा ८ जना विद्यार्थीहरुले सहभागी भएका सो कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख दिनेश मण्डलले गरेका थिए। भने विजेता घोषित भएका विद्यार्थीलाई पुरस्कार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवद्वारा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बलान बिहुलका कार्यपालिका सदस्य संतोष साह र संजिव शर्माले शिक्षकहरूले विद्यालयमा पढाउन जादाँ अनिवार्य पाठयोजना बनाएर जानुपर्ने जोड दिदँ शिक्षाले मानवको जीवनमा आउने परिवर्तन बारेमा चर्चा गरेका थिए ।

कार्याक्रममा इन्टेलेक्चुअल फाउण्डेशन राजविराजका अध्यक्षतथा प्राज्ञिक सभा सदस्य डा. सूर्य प्रसाद यादवले भने अहिलेको अवस्था सामुदायिक विद्यालयका शिक्षक दुई चरणमा फिल्टर भएर आउने गरेको बताउदै भने निजी विद्यालयसंग प्रतिस्पर्धा गर्न नसक्नु चिन्ता विषय भएको बताए । आजको प्रविधि युगमा शिक्षालाई समय सापेक्ष बनाउन राज्यले ठोस निति ल्याउनु पर्ने जोड दिए।

कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा निजीकरणले गर्दा हुनेखाने र पिछडिएका वर्ग बिच खाडल बढदैँ गएको बताए ।

प्रकाशित मिति: २०८१ आश्विन ३, बिहीबार ०९:१६

तपाईको प्रतिक्रिया !