संविधान दिवसमा जनमत पार्टीले पाँच बुँदे मागसहित शान्तिपूर्ण र्‍याली गर्ने

संविधान दिवसमा जनमत पार्टीले पाँच बुँदे मागसहित शान्तिपूर्ण र्‍याली गर्ने
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २, बुधबार २३:२७
संविधान दिवसमा जनमत पार्टीले पाँच बुँदे मागसहित शान्तिपूर्ण र्‍याली गर्ने

जनकपुरधाम: डा.सीके राउत नेतृत्वको जनमत पार्टीले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष डा.सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण र्‍याली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले नेता कार्यकर्तालाई विभिन्न कार्यक्रम गरेर संविधान संशोधनका लागि सरकारलाई दबाब दिन भनेका छन् ।

जनमत पार्टीले पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना, प्रदेशको सिमाङ्कन सच्याउन, निर्वाचन क्षेत्र भाषिक तथा जनसङ्ख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था र सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने माग गर्दै आएको छ ।

असोज ३ गते मनाउने संविधान दिवसलाई समर्थन गर्ने वा विरोध गर्ने विषयमा जनमत पार्टीले भने केही बोलेको छैन । पार्टीका उपाध्यक्ष ई.दीपककुमार साहले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने बताए ।

प्रकाशित मिति: २०८१ आश्विन २, बुधबार २३:२७

तपाईको प्रतिक्रिया !