बलान बिहुलको प्रमुख प्रशासकीय अधिकृत गुप्ता हाजिर

बलान बिहुलको प्रमुख प्रशासकीय अधिकृत गुप्ता हाजिर
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ आश्विन २, बुधबार २०:११
बलान बिहुलको प्रमुख प्रशासकीय अधिकृत गुप्ता हाजिर

राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रोशन कुमार गुप्ता हाजिर भएका छन्।

बलान बिहुल गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा मुसहरू साहले कार्यभार सम्हाल्दै आएकोमा बुधबार रोशन कुमार गुप्ता हाजिर भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत गुप्तालाई गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, कार्यपालिका सदस्य संतोष साह,संजिव शर्मा गाउँपालिकाका कर्मचारीहरूले स्वागत गरेका छन्।

पदभार तथा कार्यालय प्रवेश क्रममा बोल्दै जन-गुनासोलाई सम्बोधन गर्न पहिलो प्राथमिकता राख्दै जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत गुप्ताले गरेका छन् ।

संचार क्षेत्रसंग समन्वयकारी भूमिका राख्दै गाउँपालिकाले गर्ने असल अभ्यास जनसमक्ष पुर्‍याउने बताए ।

प्रकाशित मिति: २०८१ आश्विन २, बुधबार २०:११

तपाईको प्रतिक्रिया !