मधेश लोकसेवा आयोगले पायो पूर्णता,सदस्यमा सुनिल नियुक्त

मधेश लोकसेवा आयोगले पायो पूर्णता,सदस्यमा सुनिल नियुक्त
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १, मंगलवार १९:५५
मधेश लोकसेवा आयोगले पायो पूर्णता,सदस्यमा सुनिल नियुक्त

जनकपुरधाम : मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिलकुमार मिश्र नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को परिच्छेद २, दफा ३ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिस अनुसार बाराको सिमरौनगढ नगरपालिका–७ का मिश्रलाई प्रदेश लोक सेवा आयोगको सदस्य पदमा नियुक्त गरेकी हुन् ।

तीन सदस्यीय रहेको मधेस प्रदेश लोकसेवामा एकजना सदस्य पद रिक्त रहेको थियो । सदस्यको पदपूर्ति भएसँगै मधेस प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ ।

नवनियुक्त आयोगका सदस्य मिश्रलाई आजै प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी छन् ।

प्रकाशित मिति: २०८१ आश्विन १, मंगलवार १९:५५

तपाईको प्रतिक्रिया !