बारामा बस दुर्घटना, ४३ जना घाइते

बारामा बस दुर्घटना, ४३ जना घाइते
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८१ भाद्र ३१, सोमबार १७:३०
बारामा बस दुर्घटना, ४३ जना घाइते

जनकपुरधामः पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। आठजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गएराति गएराति १ बजे अनियन्त्रित भई पुलबाट आठ मिटर तल खसेको हो। स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा घाइतेको उपचार भइरहेको छ।

सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर ६ र सिटी अस्पताल निजगढ बारामा गम्भीर दुईसहित ९ जनाको उपचार भरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशहवाले जानकारी दिए।

प्रकाशित मिति: २०८१ भाद्र ३१, सोमबार १७:३०

तपाईको प्रतिक्रिया !