भ्रष्टाचारविरुद्धको आन्दोलन गरेका जनमतका १७ नेताकार्यकर्ताले अदालतबाट पाए सफाई

भ्रष्टाचारविरुद्धको आन्दोलन गरेका जनमतका १७ नेताकार्यकर्ताले अदालतबाट पाए सफाई
मधेशपत्र मधेशपत्र २०८१ भाद्र ३०, आईतवार २२:२९
भ्रष्टाचारविरुद्धको आन्दोलन गरेका जनमतका १७ नेताकार्यकर्ताले अदालतबाट पाए सफाई

जनकपुरधाम: भ्रष्टाचारविरुद्धको आन्दोलन गर्दा प्रहरीले फसाउनकै लागि चलाएको मुद्दामा जनमत पार्टीका नेता कार्यकर्ताहरु अदालतबाट सफाई पाएका छन् ।

आपराधिक उपद्रव र अमानवीय व्यवहार गरेको भन्दै चलाएको मुद्दामा जिल्ला अदालत धनुषाले जनमतका १७ जना नेताकार्यकर्तालाई सफाइ दिएको हो ।

आइतबार जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले आपराधिक उपद्रव र अमानवीय व्यवहारको अभियोगमा दाबी नपुगेको भन्दै जनमतका विद्यार्थी नेता विजयकुमार यादवसहित १७ जनालाई अदालतले सफाइ दिएको सो पार्टीका धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले जानकारी दिए।

२०७८ कार्तिक ४ मा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका जनकपुरधामका तत्कालीन प्रमुख इन्जिनियर राजेश कुशवाहाले भ्रष्टाचार गरेको भन्दै जनकारबाही गरेको थियो ।

भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी भएका बिजय कुमार यादव ,संजय प्रधान,धनिकलाल कापर,श्याम सुन्दर मण्डल,कैलाश साह,कारण यादव,महेश यादव,दुर्योधन यादव ,सऊदी यादव,प्रेम यादव,ओम बिक्रम कुशवाहा,अमर नाथ साह,संजय सिंह,बिक्रम जैन,जीवन त्यागी,संजय साह र दिनेश रजकलाई धनुषा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रकाशित मिति: २०८१ भाद्र ३०, आईतवार २२:२९

तपाईको प्रतिक्रिया !