जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
मधेशपत्र मधेशपत्र २०८१ भाद्र ३०, आईतवार १३:५९
जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

मनिष रमण साहलाई ७२ मतले पछि पार्दै भण्डारी निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार निर्वाचित भण्डारीले १ हजार ६४४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी मनिषले १ हजार ५७२ मत ल्याए ।

संघको अघिल्लो चुनावमा मनिषले बरिष्ठ उपाध्यक्षमा भण्डारीलाई पराजित गरेका थिए । तर, यो चुनावमा उही मनिषलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएर बदला लिएका छन् ।

निर्वाचित भण्डारी होटल व्यावसायी हुन् ।

अध्यक्षका अर्का उम्मेदवार जितेन्द्र प्रसाद साह मात्र २९३ मत ल्याएका छन् । जितेन्द्र अघिल्लो निर्वाचनमा पनि अध्यक्षमा पराजय व्यहोरेका थिए ।

संघको १७ सदस्यीय कार्यसमिति चयनका लागि शनिवार मतदान भएको थियो । संघका ४ हजार ७६ सदस्यलाई मतदाता तोकिएकोमा ३ हजार ५७४ सदस्यले मतदान गरेका थिए ।

अन्य पदाधिकारीको मतगणना जारी छ । चुनावको अन्तिम परिणाम आजै आउने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: २०८१ भाद्र ३०, आईतवार १३:५९

तपाईको प्रतिक्रिया !