रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २९, शनिबार १०:५८
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरी, आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुतगरी र आवश्यक छलफल गरिनेछ ।

राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक गर्ने उनले बताए ।

“बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा पनि छलफल, हालसम्मको तयारीबारे सबै उपसमितिद्वारा प्रस्तुत विषयमा पनि छलफल हुनेछ”, उनले भने ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे समेत छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति: २०८१ भाद्र २९, शनिबार १०:५८

तपाईको प्रतिक्रिया !