जनकपुरधाम उद्योग बाणिज्य संघको चुनावः व्यापारीको मनमा सुरेन्द्र भण्डारी !

जनकपुरधाम उद्योग बाणिज्य संघको चुनावः व्यापारीको मनमा सुरेन्द्र भण्डारी !
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २८, शुक्रबार २२:५०
जनकपुरधाम उद्योग बाणिज्य संघको चुनावः व्यापारीको मनमा सुरेन्द्र भण्डारी !

जनकपुरधामः जनकपुरधाम उद्योग बाणिज्य संघको १७ सदस्यीय कार्यसमिति चयनका लागि भदौं २९ गते शनिवार निर्वाचन हुँदैछ । अहिले जनकपुरधाम चुनावमय बनेको हो । जताततै चुनावकै चर्चा परिचर्चा भइरहेको छ ।

१७ सदस्यीय कार्यसमितिका लागि ४३ जना व्यापारी चुनावी मैदानमा उत्रेका छन् । अन्य पदमाभन्दा अध्यक्षमा कसले बाजी मार्ने चर्चा परिचर्चाले बढी भइरहेको छ । अध्यक्षमा सुरेन्द्र भण्डारी, मनिष रमन साह र जितेन्द्र प्रसाद यादव उम्मेदवार छन् ।

तीनजना उम्मेदवार रहेपनि सुरेन्द्र भण्डारी व्यापारीमाझ बढी लोकप्रिय देखिन्छन् । चुनावमा संघका ४ हजार ७६ सदस्यले मतदान गर्नेछन् । जसमध्ये अधिकांश जनकपुरधाम उपमहानगरपालिकाकै छन् । जनकपुरधामका व्यापारीमा भण्डारीले मजबुत पक्कड बनाएका छन् ।

भण्डारी संघको कार्यकारिणी सदस्य, सचिव र कार्यवाहक महासचिव हुँदै उपाध्यक्ष पदमा समेत पुगेर नेतृत्व गरेका छन् । जहिल्यै व्यापारीको हकहितका लागि लड्ने व्यक्तिको रुपमा उनले पहिचान बनाएका छन् । अघिल्लो चुनावमा उनलाई योजनावद्ध तरिकाले चुनाव हराएको थियो । त्यसैले पनि यो पटक उनलाई नेतृत्वमा पुर्याउने व्यापारीहरु बताउँछन् ।

भण्डारीलाई मनिष रमन साह र जितेन्द्र प्रसाद साहले कडा टक्कर दिने व्यापारीहरुको आँकलन छ । उनीहरु पनि संघको विभिन्न पदमा पुगेर व्यापारीका लागि काम गरेका छन् ।

जनकपुरधामका एक व्यापारीले भने– कमजोर मनिष र जितेन्द्र पनि छैनन् । तर भण्डारीको काम गर्ने शैलीलाई व्यापारीले मन पराउँछन् । व्यापारीको कुनै समस्या भयो पनि भण्डारी राति १२ बजे आएर पनि समाधान गर्छन् । त्यसैले भण्डारीको पक्षमा माहोल बनेको जस्तो लाग्छ ।’

प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार २२:५०

तपाईको प्रतिक्रिया !