खेलकुद विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित

खेलकुद विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २८, शुक्रबार १७:२३
खेलकुद विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित

जनकपुरधाम: मधेश प्रदेशसभाको आजको बसेको बैठकले प्रदेश खेलकुद विकास गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।

मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेशसभामा प्रस्तुत गरेपछि सो विधेयक पारितका लागि प्रस्ताव गरेको थियो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले खेलकुद विधेयक ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

यसअघि, प्रदेशसभामा विधेयकका विषयमा उठेका जिज्ञासाहरूको बारेमा जवाफ दिदै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री जयसवालले मधेश प्रदेशमा खेलकुद, खेलाडी मनोबल उठाउन, खेल संस्कृतिको निर्माण गरि प्रदेशमा खेलको राम्रो वातावरण निर्माण गर्नका लागि विधेयकले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका हुन ।

उनले विधेयक पारित भएपछि प्रदेश भरिका खेलाडीहरूले आज साँझ दीपावली गर्ने तयारी गरेको भन्दै प्रदेश सरकारले विधेयक पारित भएको दिन वा प्रमाणीकरण भएका दिनमा प्रदेशमा खेलकुद दिवस मनाउने भनेको छ ।

यसअघि, छलफलमा भाग लिँदै नेकपा एमालेका उपनेता दिपेन्द्र ठाकुरले मधेशमा खेलकुदको वातावरण निर्माण गर्न तथा खेलाडीको मनोबल बढाउनका लागि ऐन आवश्यक भएको बताउँदै ढिलो गरि भए पनि ऐन आएकोमा खुशी व्यक्त गरे ।

उनले मधेश प्रदेशमा खेलकुदको व्यापक सम्भावना रहेको भन्दै मधेश प्रदेशमा कुस्ती, कबड्डी, क्रिकेटको व्यापक सम्भावना भएकाले वडा वडामा प्रशिक्षण गरेर काम गरेको खण्डमा ओलम्पिकमा पनि स्वर्णपदक आउने सम्भावना भएकोले त्यस अनुसारको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार १७:२३

तपाईको प्रतिक्रिया !