पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले गरे पक्राउ

पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले गरे पक्राउ
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २५, मंगलवार २०:३३
पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले गरे पक्राउ

विराटनगर : निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रदेश सभा अगाडि उनी अनशन बसेकै स्थलबाट पक्राउ गरेको हो । अहिले सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको छ । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरुको संख्या पनि यकिन छैन ।

प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार २०:३३

तपाईको प्रतिक्रिया !