भ्रष्टाचार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनमतको निर्णय

भ्रष्टाचार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनमतको निर्णय
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २३, आईतवार १०:२६
भ्रष्टाचार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनमतको निर्णय

जनकपुरधाम: जनमत पार्टी गढीमाई नगरपालिकाका नगर कार्यसमितिले भ्रष्टाचार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् ।

शनिबार पार्टीको नगर कार्यसमितिको बैठकबाट सो निर्णय गरेका पार्टीका नगर अध्यक्ष विवेकानन्द साहले बताए ।

ADVERTISEMENT

उनका अनुसार बैठकबाट संगठन विस्तारमा तीव्रताका साथ निर्माण गर्ने ,गढीमाई नगरपालिका -८ मा हुन लागेका मध्यावधि चुनावमा उम्मेदवार उठाउने निर्णय गरेको छ।

त्यसैगरी ,गढीमाई नगरपालिकामा विभिन्न योजनाहरुमा व्यापक भ्रष्टाचार भैरहेकोलाई रोक्नको लागि भ्रष्टाचारको बिरुद्धमा चरणबद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको पार्टीका नगर अध्यक्ष साहले बताए ।

प्रकाशित मिति: २०८१ भाद्र २३, आईतवार १०:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !