कलैया अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के निरीक्षण

कलैया अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के निरीक्षण
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २१, शुक्रबार ००:५९
कलैया अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के निरीक्षण

कलैयाः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक निरीक्षण गरेका छन् ।

प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालमा छड्के निरीक्षण थालेका हुन् ।

साेही क्रममा एउटा कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका मुख्यमन्त्री सिंह बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

छड्के अनुगमनक्रममा उनले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ नगरी संवेदनशीलता अपनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई निर्देशन दिए ।

उनले उपचारमा गरिने ढिलासुस्ती सह्य नहुने भन्दै प्रादेशिक अस्पतालहरूमा उपचार कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकाले त्यसअनुसार नै अस्पतालकर्मीकाे व्यवहार हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले स्वास्थ्याेपचारका लागि खटिने कार्य सामान्य जागिरमात्र नभएर सामाजिक उत्तरदायित्व पनि भएकाले नियमित र पूरा समय काम गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, अन्तरङ्ग कक्षलगायतका विभाग अनुगमन गरेका थिए ।

प्रकाशित मिति: २०८१ भाद्र २१, शुक्रबार ००:५९

तपाईको प्रतिक्रिया !