वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २८, शनिबार ०७:१५
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडौं : वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित शुक्रबार पक्राउ गरेको हो ।

ADVERTISEMENT

मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । अख्तियारको टोलीले निजको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ ।

प्रकाशित मिति: २०८२ चैत्र २८, शनिबार ०७:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !