संघीयता कसैको बपौती होइन, खारेज गर्ने दुस्साहस नहोस् : शरदसिंह यादव

संघीयता कसैको बपौती होइन, खारेज गर्ने दुस्साहस नहोस् : शरदसिंह यादव
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १९, बिहीबार २१:०६
संघीयता कसैको बपौती होइन, खारेज गर्ने दुस्साहस नहोस् : शरदसिंह यादव

काठमाडौं : जनअधिकार पार्टीका अध्यक्ष शरदसिंह यादवले संघीयताविरुद्ध संसद्मा उठेका आवाजप्रति आक्रोश व्यक्त गर्दै ‘सस्तो लोकप्रियता’का लागि राजनीतिक स्टन्ट नगर्न चेतावनी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको पहिलो बैठकमै संघीयता खारेजीको माग गरेका थिए । त्यसैको जवाफमा अध्यक्ष यादवले भिडियो सन्देशमार्फत यस्तो चेतावनी दिनुभएको दिएका हुन् ।

ADVERTISEMENT

‘संघीयता तपाईंको बपौती होइन,’ उनले भनेका छन्, ‘संघीयता ल्याउन तपाईंहरूको कुनै भूमिका थिएन, त्यसैले यसलाई चलाउने अधिकार पनि तपाईंहरूलाई छैन ।’

अध्यक्ष यादवले राप्रपा र त्यसका नेताहरूले जनतालाई भ्रममा पारेर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए । ‘राज ल्याउने एजेन्डा बोकेकाहरू आफैँ चुनाव लडेर संसद्मा आउनु विरोधाभासपूर्ण कुरा हो । संसद् भित्र यस्तो नाटक मञ्चन बन्द गर्नुस्,’ उनले भने ।

प्रकाशित मिति: २०८२ चैत्र १९, बिहीबार २१:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !