मतदातालाई पैसा बाँड्दै पुरुषोत्तम यादव पक्राउ

मतदातालाई पैसा बाँड्दै पुरुषोत्तम यादव पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन २०, बुधबार १३:३४
मतदातालाई पैसा बाँड्दै पुरुषोत्तम यादव पक्राउ

जनकपुरधाम : सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–२ निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन्। उनलाई गएराति सोही स्थानमा मतदातालाई नगद वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

प्रहरीले यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिए।

प्रकाशित मिति: २०८२ फाल्गुन २०, बुधबार १३:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !