धनुषा–१ मा जनमतका उम्मेदवार ब्रहमदेव महतोको घरदैलो अभियान तेज

धनुषा–१ मा जनमतका उम्मेदवार ब्रहमदेव महतोको घरदैलो अभियान तेज
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १३, बुधबार १५:१९
धनुषा–१ मा जनमतका उम्मेदवार ब्रहमदेव महतोको घरदैलो अभियान तेज

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ब्रहमदेव महतोले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले पछिल्ला दिनहरूमा गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्।

घरदैलोका क्रममा उम्मेदवार महतोले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा आधारभूत सेवामा सुधार आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा युवाका लागि अवसर विस्तार गर्ने स्पष्ट योजना रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ADVERTISEMENT

महतोले यस क्षेत्रको दीर्घकालीन निकास र समृद्धिका लागि जनमत पार्टी उपयुक्त विकल्प भएको दाबी गर्दै लाउडस्पिकर (हर्न) चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। “जनताको मत नै हाम्रो मार्गदर्शन हुनेछ,” उनले भने, “जनताको चाहना अनुसार नीति तथा कार्यक्रम बनाइनेछ।”

घरदैलो अभियानमा सहभागी मतदाताहरूले पनि जनमत पार्टीप्रति सकारात्मक प्रतिक्रिया दिएको महतोको दाबी छ। निर्वाचन नजिकिँदै जाँदा उनले जनताको विश्वास जित्न निरन्तर संवाद र भेटघाटलाई थप सक्रिय बनाउने बताएका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन १३, बुधबार १५:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !