जनकपुरधाममा उमाशंकर अरगरियाको घरदैलो, वडा १८ मा उत्साहजनक सहभागिता

जनकपुरधाममा उमाशंकर अरगरियाको घरदैलो, वडा १८ मा उत्साहजनक सहभागिता
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १३, बुधबार १२:५६
जनकपुरधाममा उमाशंकर अरगरियाको घरदैलो, वडा १८ मा उत्साहजनक सहभागिता

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनकपुरधाम उप–महानगरपालिका वडा नं. १८ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार उमाशंकर अरगरियाले मंगलबार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उनले घरदैलो अभियानलाई तीव्र बनाएका हुन्। मंगलबार वडा नं. १८ का विभिन्न टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। स्थानीय बासिन्दासँग हातेमालो गर्दै उनले आफ्ना चुनावी एजेन्डाबारे जानकारी गराएका छन्।

ADVERTISEMENT

अरगरियाले विकास, सुशासन र जनतामुखी कार्यक्रम आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन्। घरदैलोका क्रममा आफूले मतदाताबाट अपार माया, प्रेम र आशिर्वाद पाएको उनको भनाइ छ। “स्थानीयवासीको साथ र समर्थनले थप उत्साहित बनाएको छ,” उनले भने, “जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

उनले सडक, खानेपानी, सरसफाइ, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राख्ने आश्वासन दिएका छन्। घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने उनले जनाएका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन १३, बुधबार १२:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !