धनुषा–२ मा डा. सुरेन्द्र यादवको घरदैलो तीव्र, स्थानीयसँग सिधा संवाद

धनुषा–२ मा डा. सुरेन्द्र यादवको घरदैलो तीव्र, स्थानीयसँग सिधा संवाद
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन ११, सोमबार २०:१८
धनुषा–२ मा डा. सुरेन्द्र यादवको घरदैलो तीव्र, स्थानीयसँग सिधा संवाद

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुरेन्द्र प्रसाद यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्। आइतबार उनले कमला नगरपालिकाका विभिन्न वडाका टोलटोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग भेटघाट गरेका हुन्।

घरदैलोका क्रममा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा सुधार ल्याउने योजना सुनाउँदै उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाए। “नीतिगत स्पष्टता र अध्ययनका आधारमा विकासको खाका कोर्नेछु,” उनले भने।

ADVERTISEMENT

आफू पिएचडी उपाधि हासिल गरेको उम्मेदवार भएकाले तथ्य र अनुसन्धानमा आधारित नीति निर्माण गर्न सक्ने दाबी पनि उनले गरे। यस क्षेत्रका उम्मेदवारहरूमध्ये आफू सबैभन्दा बढी अध्ययन गरेको व्यक्ति भएको उल्लेख गर्दै उनले सक्षम नेतृत्व दिन सक्ने बताए।

स्थानीयवासीहरूले भने उनको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। “पहिलोपटक उम्मेदवार घरमै आएर हाम्रो समस्या सुन्दैछन्,” कमला नगरपालिकाका एक स्थानीयले भने। अर्का बासिन्दाले शिक्षा र स्वास्थ्य सुधारको अपेक्षा राख्दै पढेलेखेका उम्मेदवारबाट ठोस कामको आशा गरेको बताए।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा धनुषा–२ मा चुनावी माहोल तातेको छ। मतदानका लागि अब १० दिन मात्र बाँकी रहेकाले उम्मेदवारहरू घरदैलो र भेटघाटमा व्यस्त देखिएका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन ११, सोमबार २०:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !