सप्तरी-१ मा विभिन्न पार्टी परित्याग गर्दै सयौं नेताकार्यकर्ता जनमत प्रवेश

सप्तरी-१ मा विभिन्न पार्टी परित्याग गर्दै सयौं नेताकार्यकर्ता जनमत प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ माघ १९, सोमबार २१:००
सप्तरी-१ मा विभिन्न पार्टी परित्याग गर्दै सयौं नेताकार्यकर्ता जनमत प्रवेश

राजविराज : सप्तरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै गएको छ। विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–११ मा आयोजित एक कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका नगर प्रवक्ता हरिदेव पण्डित, ललिता देवी पण्डितसहित विभिन्न दलका ३०० भन्दा बढी नेता तथा कार्यकर्ता विधिवत रूपमा जनमत पार्टीमा प्रवेश गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. जयकान्त राउत, मधेश प्रदेश सभा सदस्य पुर्वमन्त्री सकिल अली, जनमत पार्टीका नेता तथा हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीलगायतले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले जनमत पार्टी मधेश र देशको परिवर्तनका लागि प्रतिबद्ध रहेको बताउँदै जनताको अधिकार, सुशासन र विकासका एजेन्डामा पार्टी दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

लगातारको पार्टी प्रवेशसँगै सप्तरी क्षेत्र नम्बर–१ मा जनमत पार्टीको संगठन थप सुदृढ बन्दै गएको छ। पार्टीप्रति बढ्दो जनसमर्थनका कारण आगामी निर्वाचनमा जनमत पार्टीको विजय सुनिश्चित बन्दै गएको स्थानीय नेताहरूको दाबी छ।

प्रकाशित मिति: २०८२ माघ १९, सोमबार २१:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !