जनमत पार्टीको महाधिवेशन चैत्र २० र २१ मा, विभिन्न समिति गठन

जनमत पार्टीको महाधिवेशन चैत्र २० र २१ मा, विभिन्न समिति गठन
मधेशपत्र मधेशपत्र २०८२ पुष २२, मंगलवार १९:१७
जनमत पार्टीको महाधिवेशन चैत्र २० र २१ मा, विभिन्न समिति गठन

काठमाडौं : जनमत पार्टीले केन्द्रीय महाधिवेशन आगामी चैत्र २० र २१ गते गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले महाधिवेशनको मिति तय गर्दै आवश्यक विभिन्न समिति गठन गरेको हो।

पार्टीका केन्द्रीय सम्पर्क कार्यालय, मध्य बानेश्वर काठमाडौंमा पुष २० गते बसेको बैठकले महाधिवेशन गर्ने निर्णय पारित गरेको जनाइएको छ। बैठकमा केन्द्रीय सचिवालय समितिमा पेस भएका प्रस्तावहरूमाथि छलफलपछि निर्णय गरिएको हो।

ADVERTISEMENT

निर्णयअनुसार महाधिवेशनका लागि महाधिवेशन आयोजक समिति, महाधिवेशन निर्वाचन समिति तथा विधान समिति तथा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ।

महाधिवेशन आयोजक समितिको संयोजकमा राष्ट्रिय उपाध्यक्ष ई. वसन्त कुमार कुशवाहा चयन भएका छन्। यस्तै, महाधिवेशन निर्वाचन समितिको संयोजकमा राष्ट्रिय उपाध्यक्ष ई. नरेन्द्र प्रसाद चौधरी तोकिएका छन्।

विधान समिति तथा राजनीतिक प्रतिवेदन समितिको जिम्मेवारी भने पार्टीका राष्ट्रिय सचिव संजय कुमार यादवलाई दिइएको छ।

बैठकले महाधिवेशन स्थल भने पछि तय गर्ने निर्णय गरेको पार्टीकी केन्द्रिय सचिव अनिता कुमारी मण्डल बताइन् ।

प्रकाशित मिति: २०८२ पुष २२, मंगलवार १९:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !