अशोक राई नेतृत्वकाे जसपा विभाजन, बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित

अशोक राई नेतृत्वकाे जसपा विभाजन, बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित
मधेशपत्र मधेशपत्र २०८२ पुष १४, सोमबार १३:५५
अशोक राई नेतृत्वकाे जसपा विभाजन, बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित

काठमाडौं : जनता समाजवादी पार्टीकी सह-अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरु जनता समाजवादी पार्टी नेपालसँगको एकीकरण प्रक्रियामा समाहित भएका छन् । जसपाकी सह अध्यक्ष यादल र र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको सम्झौतामा हस्ताक्षर भएको छ।

एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो।

ADVERTISEMENT

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ। नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

‘जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरुसहित जसपा नेपाल पार्टीसँग एकीकरण गरियो,’ सम्झौता पत्रमा भनिएको छ ।

प्रकाशित मिति: २०८२ पुष १४, सोमबार १३:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !