जनकपुरधामको राजदेवीमा बाजागाजासहित फूलपाती भित्र्याइयो

जनकपुरधामको राजदेवीमा बाजागाजासहित फूलपाती भित्र्याइयो
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १३, सोमबार ११:२६
जनकपुरधामको राजदेवीमा बाजागाजासहित फूलपाती भित्र्याइयो

जनकपुरधाम : दसैँको सातौँ दिन सोमबार जनकपुरधामस्थित राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ।

सप्तमी तिथिको अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जिल्ला समन्वय समितिको कार्यालय प्राङ्गणमा पुर्‍याइएपछि बेलको फल टिपी फूलपाती भित्र्याइएको हो।

ADVERTISEMENT

मिथिलाञ्चल क्षेत्रमा फूलपातीलाई ‘बेलतोरी’ भनेर चिनिन्छ। राजदेवी मन्दिरबाट बाजागाजासहित निस्किएको भक्तजनको समूहले नजिकैको बेलको रुखमुनि हिन्दु परम्परा अनुसार पूजा–पाठ गरेर शक्तिपीठमा फूलपाती भित्र्याएको जनाइएको छ।

प्रकाशित मिति: २०८२ आश्विन १३, सोमबार ११:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !