मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता
राधेश्याम राउत राधेश्याम राउत २०८२ आश्विन ८, बुधबार १३:३५
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता

जनकपुरधाम : मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ।

बिहान जनकपुरधामस्थित कांग्रेस प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। संसदीय दलका नेता कृष्णा यादवका अनुसार बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुका साथै मन्त्रीहरूलाई समेत पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

ADVERTISEMENT

कांग्रेसबाट सरकारमा अर्थमन्त्री सुनिल यादव, ऊर्जा तथा सिंचाइ मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय सहभागी भएका थिए।

मंगलबार बसेको प्रदेशसभामा मुख्यमन्त्री सतिशकुमार सिंह बाहेका जनमत पार्टीका सांसदहरु प्रतिपक्षी सिटतर्फ बसेका थिए। जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा मुख्यमन्त्री सिंहले राजीनामा दिएको चर्चा चलेपछि पार्टीभित्र विवाद सुरु भएको जनमतका एक नेताले बताएका छन्।

जनमत प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाइसकेका छन्। जनमत पार्टीबाट मन्त्री बनेका वन तथा वातावरण मन्त्री संजयकुमार यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले यसअघि नै राजीनामा दिएका थिए।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १३:३५
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !