जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आयो

जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आयो
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार १४:२७
जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आयो

धनुषा: हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय अहिले पूर्णरुपमा सञ्चालनमा आएको छ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण भन्सार कार्यालयका सम्पूर्ण काम ठप्प भएका थिए। जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाका अनुसार कार्यालय मातहत रहेका छोटी भन्सार कार्यालयहरू (भडरिया, इनरुवा र जटही) बाट भन्सार जाँचपास यसअघि नै सुरु भइसकेको थियो भने असोज ५ गतेबाट मुद्दाका कामहरू पनि सुरु गरिएको छ।

ADVERTISEMENT

सूचना अधिकारी अवाका अनुसार, जेनजी प्रदर्शनका क्रममा कार्यालयमा करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो। जनकपुरधामको रेल्वे स्टेसन नजिक रहेको कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी तथा तोडफोड भएको थियो।

भदौ २४ गते भएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामग्रीहरू नष्ट भएका थिए।

 

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १४:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !