मधेश प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति अवलोकन

मधेश प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति अवलोकन
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८२ आश्विन ३, शुक्रबार १७:५३
मधेश प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति अवलोकन

जनकपुरधाम : जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशमा भएका आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणबारे उच्चस्तरीय टोलीले अवलोकन गरेको छ।

आन्दोलनका क्रममा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा भवन, विभिन्न मन्त्रालय तथा अन्य सरकारी कार्यालयमा क्षति पुगेको थियो। ती संरचनाको प्रत्यक्ष अवलोकन गरी मूल्याङ्कन गर्ने उद्देश्यसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह र प्रदेशसभा सभामुख रामचन्द्र मण्डलसहितको टोली अनुगमन गरेका हुन्।

ADVERTISEMENT

संविधान दिवसको अवसर पारेर गरिएको उक्त निरीक्षणमा टोलीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण छिट्टै अघि बढाइने प्रतिबद्धता जनाएको छ। साथै, प्रभावित कार्यालयमा सेवा प्रवाह सहज बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्ने आश्वासनसमेत दिएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार १७:५३
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !