जनताको ज्यानभन्दा ठूलो पद होइन : मुख्यमन्त्री सिंह

जनताको ज्यानभन्दा ठूलो पद होइन : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २४, मंगलवार १३:१४
जनताको ज्यानभन्दा ठूलो पद होइन : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जारी आन्दोलनका सन्दर्भमा आफू पदत्याग गर्न तयार रहेको बताएका छन्।

उनले मंगलबार सार्वजनिक गरेको सन्देशमार्फत आन्दोलनरत युवाहरूसँग शान्त रहन अपील गर्दै भनेका छन्, “जनताको ज्यान भन्दा ठूलो पद हुँदै होइन। सम्पूर्ण युवा भाइहरूलाई मेरो बिन्ती छ — तपाईंहरूको ज्यान भन्दा ठूलो मेरो पद होइन। यो पदमा पनि तपाईंहरूले नै जिताएर पठाउनु भएको हो, त्यसैले आवश्यक परे म राजीनामा दिन तयार छु।”

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले सार्वजनिक सम्पत्ति र जनधन जोगाउन सबैलाई आग्रह गर्दै थपे, “सार्वजनिक सम्पत्ति र कसैको ज्यान नजाओस् भन्ने मेरो हार्दिक आग्रह छ।”

हाल मुलुकभर महँगी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धका विरुद्ध जेन-जी पुस्ताले आन्दोलन चर्काइरहेका छन्। शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट गरिएको दमनका कारण विभिन्न स्थानमा मृत्यु र घाइते हुने घटना भइरहेका बेला मुख्यमन्त्री सिंहको यस्तो अभिव्यक्ति आएको हो।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !