जनमत पार्टीद्वारा शहीद राम मनोहर यादवको आठौँ श्रद्धाञ्जली दिवस देशभर मनाइने

जनमत पार्टीद्वारा शहीद राम मनोहर यादवको आठौँ श्रद्धाञ्जली दिवस देशभर मनाइने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १३, शुक्रबार २१:५६
जनमत पार्टीद्वारा शहीद राम मनोहर यादवको आठौँ श्रद्धाञ्जली दिवस देशभर मनाइने

जनकपुरधाम : जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवको आठौँ श्रद्धाञ्जली दिवस विभिन्न कार्यक्रमसहित मनाउने भएको छ।

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी भदौ १५ गते आइतबार साँझ ७ बजेदेखि देशभर एकैसाथ श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न सबै जिल्ला र वडा कमिटीलाई निर्देशन दिएका छन्।

ADVERTISEMENT

श्रद्धाञ्जली कार्यक्रम अन्तर्गत शहीद यादवको तस्वीरमा मैनबत्ती तथा दीप प्रज्वलन गरिने जनाइएको छ। पार्टीले जिल्ला सदरमुकाम, सबै वडास्तरका इकाइ र पार्टी कार्यालयहरूमा कार्यक्रम एकसाथ हुने जनाएको छ।

जनमत पार्टीले यादवको बलिदान मधेशीहरु अधिकार र स्वराज आन्दोलनमा ऐतिहासिक योगदान भएको उल्लेख गर्दै श्रद्धाञ्जली दिवसलाई पार्टीकै सांस्कृतिक तथा राजनीतिक प्रतिबद्धतासँग जोडेर मनाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार २१:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !