रुबि साह हत्या प्रकरणका आरोपित लक्ष्मण पासवानले आफूलाई आगो लगाए

रुबि साह हत्या प्रकरणका आरोपित लक्ष्मण पासवानले आफूलाई आगो लगाए
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ११, बुधबार ०८:५१
रुबि साह हत्या प्रकरणका आरोपित लक्ष्मण पासवानले आफूलाई आगो लगाए

रौतहट : रौतहटमा चर्चामा आएको रुबि साह हत्या प्रकरणका आरोपित लक्ष्मण पासवानले आफूलाई आगो लगाएका छन्।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि सोमबार बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा उनलाई तत्काल उपचारका लागि अस्पतालतर्फ लगिएको भए पनि उनको अवस्था गम्भीर रहेको बताइएको छ।

ADVERTISEMENT

गत शनिबार राति गौर नगरपालिका–९ मुडवलवानजिक सुटकेसभित्र रुबि साहको शव फेला परेपछि यस घटनामा लक्ष्मण पासवानमाथि मुख्य संलग्नताको आरोप लागेको थियो।

साहको शव फेला परेको घटनाले रौतहट क्षेत्रमा सनसनी फैलिएको थियो भने प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पारेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार ०८:५१
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !