मलेसियामा मुख्यमन्त्री सिंह भन्छन् – ‘श्रमिक अधिकार र संरक्षणका लागि म सधैं तत्पर छु’

मलेसियामा मुख्यमन्त्री सिंह भन्छन् – ‘श्रमिक अधिकार र संरक्षणका लागि म सधैं तत्पर छु’
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार १२:१४
मलेसियामा मुख्यमन्त्री सिंह भन्छन् – ‘श्रमिक अधिकार र संरक्षणका लागि म सधैं तत्पर छु’

क्वालालम्पुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले श्रमिकको अधिकार र संरक्षणका लागि आफू २४ घन्टा तत्पर रहने प्रतिबद्धता जनाएका छन्।

मलेसियास्थित नेपाली राजदूतावासको सभाहलमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रवासी श्रमिकले भोग्दै आएका समस्या समाधानतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएका हुन्।

ADVERTISEMENT

कार्यक्रममा नेपाली राजदूत डा. नेत्रप्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतो, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’सहित पदाधिकारी र मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको सहभागिता थियो।

सिंहले विशेषगरी हाल सेक्युरिटी गार्डका रूपमा कार्यरत नेपालीमाथि भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

सो अवसरमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी थिए।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १२:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !