मुख्यमन्त्री सिंहद्वारा हरितालिका तीजको शुभकामना

मुख्यमन्त्री सिंहद्वारा हरितालिका तीजको शुभकामना
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार ०९:५३
मुख्यमन्त्री सिंहद्वारा हरितालिका तीजको शुभकामना

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा उनले तीजलाई अटल सौभाग्यको कामना गर्ने नारीहरूको आस्था, श्रद्धा र समर्पणको पर्वका रुपमा स्थापित भएको उल्लेख गरेका छन् ।

ADVERTISEMENT

भगवान् महादेव र पार्वतीको स्मरणमा व्रत, पूजा र भक्ति गर्ने परम्परा रहिआएको यस पर्वले नारीहरूको आध्यात्मिक शक्ति, पारिवारिक सौहार्द र सामाजिक एकतालाई अझ प्रगाढ बनाउँदै आएको उनले बताएका छन् ।

मुख्यमन्त्री सिंहले महिलाको अधिकार, सम्मान र सशक्तिकरणप्रति सबैको प्रतिबद्धता अझ दृढ बनाउन पनि तीज पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

यस पर्वले नयाँ उमङ्ग, आशा, समृद्धि र आपसी एकताको भावना सबैमा भरियोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ०९:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !