धनुषाको जमुनिबासमा सवारी दुर्घटना, एक युवक गम्भीर घाइते

धनुषाको जमुनिबासमा सवारी दुर्घटना, एक युवक गम्भीर घाइते
राधेश्याम राउत राधेश्याम राउत २०८२ भाद्र ९, सोमबार २०:०३
धनुषाको जमुनिबासमा सवारी दुर्घटना, एक युवक गम्भीर घाइते

जनकपुरधाम : धनुषाको ढल्केबर–लालगढ सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना युवक गम्भीर घाइते भएका छन्।

ना. म. प. ०२–००७ प ५८८६ नम्बरको मोटरसाइकललाई ढल्केबरबाट लालगढतर्फ जाँदै गरेको ना. म. प. ०४–००१ ज ००३८ नम्बरको माइक्रोबसले सोमबार जमुनिबासमा ठक्कर दिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

ठक्करबाट मिथिला नगरपालिका–२ राघोपुरका बिर्जु नामका युवक गम्भीर घाइते भएका हुन्।

घाइतेलाई स्थानीयले तत्काल उद्धार गरी लालगढस्थित मोडेल अस्पतालमा भर्ना गरिएको ट्राफिक प्रहरी ढल्केबरका इन्चार्ज श्याम ठाकुरले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार २०:०३
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !