भूमि विधेयक जलाएर जसपा नेपालको जनकपुरधाममा विरोध प्रदर्शन

भूमि विधेयक जलाएर जसपा नेपालको जनकपुरधाममा विरोध प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार २०:५२
भूमि विधेयक जलाएर जसपा नेपालको जनकपुरधाममा विरोध प्रदर्शन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले संघीय संसदबाट पारित भूमि सम्बन्धी विधेयकविरुद्ध जनकपुरमा विरोध प्रदर्शन गरेको छ।

जसपा नेपालले सोमबार जनकपुरधाममा विरोध सभासहित प्रदर्शन गर्दै उक्त विधेयकलाई “राष्ट्रघाती” संज्ञा दिएको हो। पार्टीले विधेयकले वन विनाश गर्ने र मधेशलाई मरुभूमि बनाउने खतरा रहेको भन्दै आक्रोश व्यक्त गरेको छ।

ADVERTISEMENT

विरोध प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले भूमि विधेयकको प्रतिलिपि जलाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले मधेशमै वन क्षेत्र नष्ट हुने गरी ल्याइएका कानुनी प्रावधानहरू खारेज गर्न माग गरे।

कार्यक्रममा जसपा नेपालका धनुषा अध्यक्ष पशुपति यादवले सरकारले ल्याएको विधेयकले जनताको जीवन, पर्यावरण र कृषि प्रणाली नै संकटमा पार्ने भन्दै सचेत गराएका थिए। “यो विधेयक लागू भयो भने मधेशका वन मासिन्छन्, भूमिहीन र किसानको हक खोसिन्छ, मधेश मरुभूमि बन्नेछ,” अध्यक्ष यादवले चेतावनी दिए।

जसपाले विधेयक तत्काल खारेज नगरे आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार २०:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !