रौतहटमा रुवी हत्या प्रकरणमा रिक्सा चालक पक्राउ

रौतहटमा रुवी हत्या प्रकरणमा रिक्सा चालक पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार १६:१६
रौतहटमा रुवी हत्या प्रकरणमा रिक्सा चालक पक्राउ

गौर : रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ।

भदौ ७ गते राति गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुवी मृत अवस्थामा भेटिएकी थिइन्। घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले शव व्यवस्थापनमा प्रयोग भएको रिक्सा पत्ता लगाउँदै चालकलाई पक्राउ गरेको हो। पक्राउ परेका चालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले अनुसन्धान हत्यारासम्म नजिक पुगेको दाबी गरेका छन्। उनले भने, “धेरैसँग सोधपुछ भइरहेको छ, हामी हत्याराको नजिक पुगेका छौं।”

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन्। प्रहरीले चालकको बयानका आधारमा घटनामा संलग्न अन्य व्यक्तिसम्म पुग्ने आकलन गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १६:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !