रौतहटमा डिभिजन वन कार्यालयले ८ लाखभन्दा बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण

रौतहटमा डिभिजन वन कार्यालयले ८ लाखभन्दा बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ८, आईतवार ०६:४३
रौतहटमा डिभिजन वन कार्यालयले ८ लाखभन्दा बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण

रौतहट : वन संरक्षण तथा हरियाली विस्तार गर्ने उद्देश्यसहित डिभिजन वन कार्यालय रौतहटले आफ्नै नर्सरीमा उत्पादन गरेका बिरुवाहरू निःशुल्क वितरण गर्दै आएको छ।

कार्यालयले सर्वसाधारण, सामुदायिक तथा निजी वनसँगै विभिन्न संघ–संस्थालाई नर्सरीमा उत्पादन भएका विविध प्रजातिका बिरुवाहरू उपलब्ध गराउँदै वन तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ।

ADVERTISEMENT

डिभिजन वन कार्यालयका अनुसार चन्द्रनिगाहपुर, जंगलसैया र गौरमा रहेका चार नर्सरीमार्फत एकवर्षे, बहुवर्षे तथा जडीबुटीसहित यस वर्ष ८ लाख १८ हजार बिरुवा उत्पादन गरिएको छ।

खयर, सिसौ, कपुर, टिक, मलेसियन साल, स्थानीय साल, कल्की, कदम, मोरिङ्गा, अमला, बेल, अश्वगन्धा र तेजपातलगायतका बिरुवाहरू उत्पादन गरी वितरण भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए।

उनका अनुसार ६५६ हेक्टर क्षेत्रफलमा रहेका ७२ वटा निजी वनलाई समेत निःशुल्क बिरुवा वितरण गरिएको छ। बिरुवा उत्पादन, रोपण तथा हेरचाहको प्रक्रियामा स्थानीय जनशक्तिलाई समेत संलग्न गरिएकाले प्रत्यक्ष रोजगारी सृजना भएको प्रमुख साहले बताए।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ०६:४३
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !