विद्यार्थीलाई वडाध्यक्ष गोहिबारद्वारा ६५ साइकल र ३५० झोला वितरण

विद्यार्थीलाई वडाध्यक्ष गोहिबारद्वारा ६५ साइकल र ३५० झोला वितरण
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार १८:५२
विद्यार्थीलाई वडाध्यक्ष गोहिबारद्वारा ६५ साइकल र ३५० झोला वितरण

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–४ का वडाध्यक्ष दिपक गोहिबारले विद्यार्थीलाई सहुलियत र प्रोत्साहन उपलब्ध गराउन सके मात्र विद्यालयमा नियमित टिकाउन सकिने बताएका छन्।

शुक्रबार राष्ट्रिय प्राथमिक विद्यालय सघारामा आयोजित साइकल तथा झोला वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ADVERTISEMENT

‘शिक्षा जीवन रुपान्तरण गर्ने आधार हो,’ उनले भने, ‘गुणस्तरीय शिक्षाको पहुँच सबैसम्म पु¥याउन स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ।’ विद्यार्थीलाई विद्यालयमै टिकाइ राख्ने र प्रोत्साहन गर्ने उद्देश्यले यो साइकल तथा झोला वितरण गरिएको वडाध्यक्ष गोहिबारले स्पष्ट पारे।

वडाध्यक्ष गोहिबारले वडा कार्यालयकै बजेटबाट ६५ जना विद्यार्थीलाई साइकल र ३५० वटा झोला वितरण गरिएको छ।

यस विद्यालयमा कक्षा १ देखि ५ सम्म मात्रै पठनपाठन भए पनि यसै वडाका धेरै विद्यार्थी अन्य विद्यालयमा पढ्न जाने गरेको स्थानीयले बताए।

साइकल तथा झोला वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवसहित शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीयको उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १८:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !