वडाध्यक्ष यादवको अगुवाइमा नन्द बाबा मार्गमा श्रमदान र वृक्षारोपण

वडाध्यक्ष यादवको अगुवाइमा नन्द बाबा मार्गमा श्रमदान र वृक्षारोपण
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ भाद्र ७, शनिबार १२:५६
वडाध्यक्ष यादवको अगुवाइमा नन्द बाबा मार्गमा श्रमदान र वृक्षारोपण

सिरहा : सिरहा जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थल नन्द बाबा उत्तरबाहिनी शक्तिपीठ क्षेत्रको संरक्षण र सौन्दर्यकरणका उद्देश्यले कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोद कुमार यादवको अगुवाइमा विशेष श्रमदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा स्थानीय युवाहरूको सहभागिता रहेको थियो। वडाध्यक्ष यादवले नन्द बाबाको पैदल मार्गलाई व्यवस्थित, सफा र हरियालीयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताए।

ADVERTISEMENT

कार्यक्रम अन्तर्गत नन्द बाबा जाने ऐतिहासिक पैदल मार्गमा सरसफाइ, मर्मत तथा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। उनले धार्मिक स्थल मात्र नभई यो क्षेत्र सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको बताउँदै यसको संरक्षणका लागि स्थानीय तह, समुदाय र युवाहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा र युवाहरूले वडाध्यक्ष यादवको पहलको खुलेर प्रशंसा गर्दै नन्द बाबा उत्तरबाहिनी क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन राज्य र स्थानीय सरकारलाई अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १२:५६
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !