गोकर्णेश्वरमा पितृ पूजा

गोकर्णेश्वरमा पितृ पूजा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार ०९:५८
गोकर्णेश्वरमा पितृ पूजा

काठमाडौं : आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

बुवा हुनेहरुले कुशे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् ।

ADVERTISEMENT

तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र वाग्मती नदी किनारमा श्राद्ध गर्ने गर्दछन् । श्राद्ध गर्नेहरुको आज बिहानैदेखि उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो छ ।

पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरु गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा पनि भेला भएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ०९:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !