श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार १६:३६
श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ

काठमाडौं : श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ। यो जानकारी त्यहाँको प्रहरीले दिएको छ।

उनीमाथिको यो आरोप उनी राष्ट्रपति हुँदा गरेका विदेश भ्रमणसँग सम्बन्धित छ।

ADVERTISEMENT

सन् २०२३ मा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको महासभाबाट फर्कने क्रममा उनी सरकारी खर्चमा व्यक्तिगत कामको लागि आफ्नी श्रीमतीसँग लन्डनमा बसेको आरोप छ।

उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेश गरिने भएको छ। यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) लाई बयान दिइसकेका छन्।

रानिल विक्रमसिंघेले आफूमाथि लगाइएका आरोपहरूको खण्डन गरेका छन् र आफू लन्डनमा धेरै बैठकहरूमा उपस्थित भएको बताएका छन्।

विक्रमसिंघे २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति थिए।

आर्थिक संकटका कारण देशमा व्यापक विरोध प्रदर्शन भइरहेको र उनका पूर्ववर्ती गोताबाया राजपक्षे देश छोडेर गएका बेला उनले यो पद ग्रहण गरेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १६:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !