सरकारीको ठगी धन्धा : किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको वडाध्यक्षको आरोप

सरकारीको ठगी धन्धा : किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको वडाध्यक्षको आरोप
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार १२:५३
सरकारीको ठगी धन्धा : किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको वडाध्यक्षको आरोप

जनकपुरधाम : धनुषाको विदेह नगरपालिका–१ ठाढीस्थित शिवशंकर कृषि सहकारी संस्थाले तोकिएको मूल्य भन्दा बढीमा रासायनिक मल बिक्री गर्दै आएको आरोप लागेको छ।

नेपाल सरकारको कृषि सामग्री संस्थानमार्फत सहकारीलाई वितरणका लागि उपलब्ध मल नगर परिषद्को निर्णयअनुसार डिएपी प्रति बोरा २५०० र युरिया १००० रुपैयाँमा बिक्री हुने व्यवस्था छ।

ADVERTISEMENT

तर सहकारीका सञ्चालक विजय राउतले डिएपी २६०० र युरिया ११०० रुपैयाँमा खुलेआम बिक्री गरेको वडाध्यक्ष संजय पाण्डेले आरोप लगाएका छन्।

उनले किसानसँग असुलिएको अतिरिक्त रकम तत्काल फिर्ता गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै नगरपालिकाका मेयर र उपमेयरलाई छानबिन गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १२:५३
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !