मटिहानी नगरपालिकाको लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति पारित

मटिहानी नगरपालिकाको लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति पारित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार २२:०३
मटिहानी नगरपालिकाको लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति पारित

जनकपुरधाम : महोत्तरीको मटिहानी नगरपालिकाको समन्वय र स्पोर्ट नेपालको आयोजनामा नगरपालिकाको लैङ्गिक समानता नीति तथा सामाजिक समावेशीकरण नीति पारित गर्ने सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

बिहिबार होटल वेलकम जनकपुरधाममा आयोजित उक्त कार्यक्रम मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो।

ADVERTISEMENT

कार्यक्रममा नगर उपप्रमुख मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा नं १ देखि ९ सम्मका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्पोर्ट नेपालका अध्यक्ष रोशना खड्का, उपाध्यक्ष सुनिल कुमार मलिक, कोषाध्यक्ष कविता थापा र प्रशिक्षक अनिल उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरपालिकाभित्र सबै वर्ग, समुदाय र लैङ्गिक पहिचानलाई समान अवसर दिलाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार २२:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !