सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार १८:४२
सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा : खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख रुपैयाँको लागतमा डिप बोरिङ गरिएको छ ।

साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।

ADVERTISEMENT

कमला सिँचाइ कार्यालयका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे ।

त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमछ वटा डिप बोरिङ खनिएको जानकारी दिए ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार १८:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !