उपसभामुख हटाउने तयारीमा कांग्रेसभित्र मतभेद, कोइराला पक्षको असहमति

उपसभामुख हटाउने तयारीमा कांग्रेसभित्र मतभेद, कोइराला पक्षको असहमति
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १६:५४
उपसभामुख हटाउने तयारीमा कांग्रेसभित्र मतभेद, कोइराला पक्षको असहमति

काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोगको तयारी भइरहेका बेला नेपाली कांग्रेसभित्र मतभेद देखिएको छ । पार्टीभित्र शेखर कोइराला नेतृत्वको पक्ष यसप्रति असन्तुष्ट देखिएको हो ।

मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएको बैठकमा पनि कोइराला समूह सहभागी भएन । त्यस्तै, संसदीय दलका सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलनको प्रक्रिया अघि बढाइए पनि कोइराला पक्षका सांसदहरु अनुपस्थित रहे ।

ADVERTISEMENT

पदाधिकारी बैठकपछि कांग्रेसले आफ्ना सांसदहरुलाई सिंहदरबारमा बोलाएर हस्ताक्षर संकलन गरिरहेको छ । तर, कोइराला पक्षका नेताहरु यो प्रक्रियाप्रति असहमति जनाउँदै सहभागी भएका छैनन् ।

यसअघि सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच उपसभामुख रानालाई ‘पदीय मर्यादा विपरीत’ गतिविधि गरेको आरोपमा हटाउने सहमति बनेको थियो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायत नेताहरु सहभागी थिए ।

उक्त सहमति सार्वजनिक भएपछि असन्तुष्ट कोइराला बैठकमा नगएका हुन् । कोइराला निकट एक सांसदले बताएअनुसार उपसभामुखविरुद्धको प्रस्तावमा हस्ताक्षर नगर्ने भन्ने जानकारी कोइरालाले गराएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १६:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !