जनमत पार्टीको पाँच बुँदे ध्यानाकर्षण : ‘किसानको ज्यान जाने घटना तुरुन्त रोक्नू’

जनमत पार्टीको पाँच बुँदे ध्यानाकर्षण : ‘किसानको ज्यान जाने घटना तुरुन्त रोक्नू’
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १४:४३
जनमत पार्टीको पाँच बुँदे ध्यानाकर्षण : ‘किसानको ज्यान जाने घटना तुरुन्त रोक्नू’

काठमाडौं : जनमत पार्टीले खेतबारीमा विद्युतीय तार झर्दा किसानको ज्यान जाने घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल विद्युत प्राधिकरणसमक्ष पाँच बुँदे माग पेश गरेको छ।

मंगलबार पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा पोल र तारको अव्यवस्थित व्यवस्थापनका कारण किसानहरू करेन्ट लागेर ज्यान गुमाइरहेका घटना बढ्दै गएको भन्दै तत्काल नियन्त्रण गर्न आग्रह गरे।

ADVERTISEMENT

ज्ञापनपत्रमा कृषि विद्युतीकरणका लागि छुट्टै मापदण्ड बनाई कार्यान्वयन गर्नुपर्ने, खेतमा पोल वा डिस्ट्रीब्युशन बक्स जडान गर्दा सुरक्षित दूरी र प्रविधि अपनाउनुपर्ने माग गरिएको छ। त्यस्तै, विद्युतीय कारणले हुने क्षति र मृत्यु भएमा पीडित किसान तथा परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, कृषि बीमा प्रणालीमा विद्युत जोखिम समेत समेटेर किसानको सुरक्षाका लागि विद्युतीय कृषि बीमा लागू गर्नुपर्ने भनिएको छ।

पार्टीले कृषि उपयोगका लागि जडित मीटर तथा बिल निःशुल्क गर्नुपर्ने मागसमेत राखेको छ। उक्त ज्ञापनपत्रमा किसानले आफ्नो खेतमा अनियोजित रूपमा तार झुन्डिएको वा पोल राखिँदा ज्यान गुमाउनुपरेको दु:खद अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस्ता दुर्घटना रोक्न प्राधिकरणले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १४:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !