उत्कृष्ट कर्मचारीको रूपमा अधिकृत लक्ष्मण सम्मानित

उत्कृष्ट कर्मचारीको रूपमा अधिकृत लक्ष्मण सम्मानित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३०, शुक्रबार १०:१७
उत्कृष्ट कर्मचारीको रूपमा अधिकृत लक्ष्मण सम्मानित

जनकपुरधाम : शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशका अधिकृत लक्ष्मण राम उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका छन् । आठौं तहका अधिकृत रामलाई मन्त्रालय तथा मन्त्रालय मातहतका निकाय मध्ये उत्कृष्ट कर्मचारीको रूपमा शिक्षा मन्त्री रानी शर्मा तिवारीले सम्मान गरेका हुन् ।

मन्त्रालयको योजना शाखा प्रमुख राम मन्त्रालय मातहतका शिक्षा विकास इकाई धनुषाका कार्यालय प्रमुखको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हाल्दै आएका छन् । उनलाई मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्माले विशेष समारोहबीच सम्मान गरिन । उक्त कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू, विभिन्न जिल्लाबाट आएका शिक्षा अधिकृतहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

सम्मान गर्दै मन्त्री शर्माले लक्ष्मणले शिक्षा क्षेत्रमा नेतृत्व, समन्वय र व्यवस्थापनमा देखाएको सक्रियता तथा निष्ठापूर्ण सेवाका कारण यो सम्मान प्राप्त गरेको बताइन् । मन्त्री शर्माले भनिन्,-‘सरकारी सेवामा निष्ठा, परिश्रम र जनउत्तरदायिता देखाउने कर्मचारीहरू हाम्रा लागि प्रेरणाको स्रोत हुन् । लक्ष्मण राम जस्ता कर्मठ अधिकृतहरूले शिक्षा मन्त्रालयको छवि अझ उज्ज्वल बनाएका छन् ।’

सम्मानित भएपछि अधिकृत रामले यो सम्मान आफू मात्र नभई सम्पूर्ण टिमको मेहनत र साथको परिणाम भएको बताए । उनले आगामी दिनमा अझ जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार १०:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !