चुरे संरक्षण बिना मधेशको भविष्य सुरक्षित हुँदैन : मुख्यमन्त्री सिंह

चुरे संरक्षण बिना मधेशको भविष्य सुरक्षित हुँदैन : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार २०:४७
चुरे संरक्षण बिना मधेशको भविष्य सुरक्षित हुँदैन : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चुरे क्षेत्रको संरक्षणलाई मधेशको भविष्यसँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति ललितपुर, रेड कार्यान्वयन केन्द्र काठमाडौंँ तथा मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा बुधबार जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री सिंहले चुरे संरक्षणले मात्र दीगो विकास सम्भव हुने बताए।

ADVERTISEMENT

“पानी, वन र माटोको संरक्षण बिना दीगो विकास सम्भव छैन,” उनले भने, “चुरे क्षेत्रको संरक्षण गर्नु भनेको मधेशको भविष्य जोगाउनु हो।” सिंहले जलस्रोतको दीगो व्यवस्थापनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको अव्यवस्थित दोहनले तराई–मधेसमा गम्भीर जलसंकट निम्त्याइरहेको बताए।

“पानीको अभाव र बाढीको जोखिमले मधेशलाई वर्षेनि ठूलो क्षति पुर्‍याइरहेको छ,” मन्त्री यादवले भने, “यसको समाधानका लागि वैज्ञानिक अनुसन्धान, स्थानीय सहभागिता र सरकारी प्रतिबद्धता अनिवार्य छ।”

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले चुरे क्षेत्रका जलमूल संरक्षण नगरे तराई र मधेसमा पानीको समस्या झन् गहिरिने चेतावनी दिए।

“संरक्षणका लागि एक निकायको प्रयास मात्रै पर्याप्त छैन,” उनले भने, “संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय अपरिहार्य छ।”

अन्तरक्रियामा वन विज्ञ, वातावरणविद्, स्थानीय सरकारका प्रतिनिधि, विभिन्न सरकारी तथा गैर–सरकारी संस्था, तथा जनप्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा चुरे क्षेत्रका जलस्रोत, तिनको संरक्षण रणनीति, वातावरणीय असर र समुदायको भूमिकाबारे गहिरो छलफल भएको थियो।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार २०:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !