सहिद दुर्गानन्द झाको योगदान अतुलनीय : मुख्यमन्त्री सिंह

सहिद दुर्गानन्द झाको योगदान अतुलनीय : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार १९:३२
सहिद दुर्गानन्द झाको योगदान अतुलनीय : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालको गणतान्त्रिक आन्दोलनमा अमर सहिद दुर्गानन्द झाले पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन्।

बुधबार धनुषा जिल्लाको नगराइन–२, जटही गाउँस्थित झा निवासमा पुगेर सहिद झाकी धर्मपत्नी काशीदेवी झासँग शिष्टाचार भेट गर्दै मुख्यमन्त्री सिंहले झा परिवारप्रति श्रद्धा र सम्मान व्यक्त गरेका हुन्।

ADVERTISEMENT

“सहिद दुर्गानन्द झा ज्यूले नेपालको गणतान्त्रिक यात्रा र लोकतन्त्रको स्थापनाका लागि अपूर्व योगदान दिनुभयो,” मुख्यमन्त्री सिंहले भने, “देश र जनताको हितमा उहाँले गरेको त्याग सधैं नेपाली जनताको स्मृतिमा रहनेछ।”

मुख्यमन्त्री सिंहले सहिद झाको साहस, त्याग र देशप्रतिको निष्ठा सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै झा परिवारलाई गहिरो सम्मान प्रकट गरेका थिए।

सहिद झाको योगदानलाई संस्थागत रुपमा सम्मान गर्ने विषयमा प्रदेश सरकारले उचित कदम चाल्ने प्रतिबद्धता पनि मुख्यमन्त्री सिंहले व्यक्त गरे।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १९:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !