पर्साबाट तीन नेता जनमत पार्टीमा प्रवेश

पर्साबाट तीन नेता जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १७:३९
पर्साबाट तीन नेता जनमत पार्टीमा प्रवेश

काठमाडौँ : पर्साबाट तीन जना नेता तथा व्यवसायी जनमत पार्टीमा प्रवेश गरेका छन्।

सोमबार जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालय, मध्य बानेश्वरमा आयोजित कार्यक्रममा उनीहरूले औपचारिक प्रवेश गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश गर्नेमा पर्सा धोवनी निवासी तथा राजपा पर्साका पूर्व जिल्ला अध्यक्ष एवं मधेस आन्दोलनका सक्रिय नेता जगदीश पटेल, नेकपा एमाले निकट उद्योग तथा व्यवसायी महासंघ पर्साका जिल्ला अध्यक्ष भुपेन्द्र साह र युवा व्यवसायी जटा शंकर पटेल रहेका छन्।

उनीहरूलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टीमा स्वागत गर्दै बधाई तथा शुभकामना दिएका थिए।

पार्टीमा उनिहरुको प्रवेशसँगै पर्सा जिल्लामा संगठन विस्तार र जनसहभागिता बढ्ने जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले विश्वास वक्त गरेका छन् ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १७:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !