राजनीतिक भ्रमणका लागि जनमतका सचिव चौधरीलाई अध्यक्ष डा.राउतले गरे बिदाई

राजनीतिक भ्रमणका लागि जनमतका सचिव चौधरीलाई अध्यक्ष डा.राउतले गरे बिदाई
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १८, आईतवार २३:३१
राजनीतिक भ्रमणका लागि जनमतका सचिव चौधरीलाई अध्यक्ष डा.राउतले गरे बिदाई

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय सचिव बालगोविन्द्र चौधरी १० दिने राजनीतिक भ्रमणका लागि आइतबार बिदा भएका छन्।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले चौधरीलाई खादा लगाएर बिदाई गरेका हुन्। अध्यक्ष राउतले राजनीतिक भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै चौधरीप्रति विश्वास व्यक्त गरे।

ADVERTISEMENT

राजनीतिक भ्रमण अन्तर्गत चौधरीले विभिन्न प्रदेशका जनप्रतिनिधि, पार्टी कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गरी जनमत पार्टीको नीति, विचार र आगामी योजना प्रवाह गर्ने जनाइएको छ। भ्रमणका क्रममा पार्टी विस्तार र संगठन सुदृढीकरणलाई प्राथमिकता दिइने बताइएको छ।

बिदाइ कार्यक्रममा बोल्दै सचिव चौधरीले आफूलाई भ्रमणमा पठाउने निर्णय गरेकोमा अध्यक्ष डा. राउत र सम्पूर्ण पार्टी नेतृत्वप्रति आभार व्यक्त गरे। उनले भ्रमणलाई सफल, फलदायी र पार्टी हितमा केन्द्रित बनाउन आफू पूर्ण रूपले समर्पित रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा पार्टीका अन्य केन्द्रीय सदस्य, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ श्रावण १८, आईतवार २३:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !