दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १३, मंगलवार १५:०३
दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित लम्कीबजार नजिकै मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार गाडी आपसमा ठोक्किँएका हुन्।

ADVERTISEMENT

ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मन्त्री सार्की सवार से १ झ ३३० नम्बरको गाडी र मन्त्री पाल सवार बा २ झ १४१९ नम्बरको गाडी दुर्घटनामा परेका हुन्।

दुर्घटना कटासे जलविद्युत आयोजनाको इन्टेक उद्घाटन कार्यक्रममा सहभागी हुन चिसापानी जाँदै गर्दा भएको हो।

प्रहरीका अनुसार गाडीहरूमा सवार सबैको अवस्था सामान्य रहेको छ र कुनै गम्भीर चोटपटक नलागेको पुष्टि भएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १५:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !